चाडपर्व लक्षित बजार अनुगमन सुरू

चाडपर्व लक्षित बजार अनुगमन सुरू

मुसिकोट ।  दशैं तिहार लगायत चाडपर्वको मौका छोपी बजारमा हुने ठगी रोक्न रुकुम पश्चिममा बजार अनुगमन शुरु गरिएको छ ।

म्याद गुज्रेका खाद्यवस्तुहरु बेच्न नपाउन र कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको नेतृत्वमा, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघलगाएतले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन्।

आइतबार खलंगा बजारको त्रिवेणिचोक देखि बागबजार सम्मका ५५ वटा खाद्य तथा किराना पसल, नास्ता पसल, तरकारी तथा फलफुल पसलको अनुगमण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

अनुगमणको क्रममा जिल्लामा मौज्दात खाद्यको अवस्थाको बारेमा पनि जानकारी लिइएको थियो । अनुगमन टोलीले तोकिएकै मुल्यमा सामान बिक्रि गर्न निर्देशन दिनुका साथै मुल्यसुचि प्रष्ट देखिने गरि राख्न पनि सुझाव दिइएको छ ।

अनुगमनको क्रममा दर्ता तथा नविकरण नभएका व्यवसायीहरुलाई तत्काल व्यवसाय दर्ता, नविकरण गर्न निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो ।

बजार अनुगमन कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने जिल्ला प्रशासन कार्यालयले जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार