नेपाली सेनाद्वारा विपद् जोखिम न्यूनीकरण सम्बन्धी सचेतना

नेपाली सेनाद्वारा विपद् जोखिम न्यूनीकरण सम्बन्धी सचेतना

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा रहेको भीम कल्यान आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी सचेतना अभिवृद्धि गराएको छ ।

नेपाली सेनाको चण्डीदल गण रुकुम पश्चिमले विद्यार्थी, शिक्षक र कर्मचारीलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी दुई दिने प्रशिक्षण दिएको हो ।

विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई विपद् व्यवस्थापन, आगलागी नियन्त्रण, भूकम्पबाट बच्ने उपाय, शङ्कास्पद विस्फोटक पदार्थको बारेमा जानकारी, नेपाली सेनाले गर्ने सामाजिक गतिविधि लगायतको विषयमा अनुशिक्षण गरिएको चण्डीदल गण सल्लेका उप सेनानी दिलीप पौडेलले जानकारी दिनुभयो ।

दुई दिन सम्म सञ्चालन गरिएको अनुशिक्षण कार्यक्रमको चण्डीदल गण सल्लेका उप सेनानी दिलीप पौडेल, जमदार तेजबहादुर थापा लगायतको टोलीले प्रशिक्षण दिएको विद्यालयमा शिक्षक कुवेर ओलीले जानकारी दिनुभयो ।

यस्तै शिक्षक ओलीका अनुसार सेनाले विद्यालय परिसर पनि सरसफाई गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार