डा. पुनद्वारा विपद् कोषमा ५५ हजार, घाईतेको निशुल्क उपचार

डा. पुनद्वारा विपद् कोषमा ५५ हजार, घाईतेको निशुल्क उपचार

मुसिकोट । मुसिकोट नगरपालिका १ मा रहेको साझा मुराल अस्पताल प्रा.लि.का निर्देशक डा. दिपक पुनले भूकम्प प्रभावितहरुको सहयोगका लागि आर्थिक रकम उपलब्ध गराउनु भएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिको खातामा ५५ हजार ५५५ रुपियाँ जम्मा गरिदिनुभएको छ ।

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पमा परेर घाईते भएकाहरुको निशुल्क उपचार गर्ने घोषणा गर्नुभएका डा. पुनले आजै दुई जना घाईतेको निशुल्क उपचार गर्नुभएको छ ।

उहाँले जिल्लाको त्रिवेणी गाउँपालिका १० का ३५ वर्षिया दिपेन्द्र खड्का र मुसिकोट नगरपालिका १४ की १८ वर्षिया जयमती खड्कालाई निशुल्क उपचार गर्नुभएको हो । दुवैजनाको उपचार पश्चात डिस्चार्ज गरिएको छ ।

समस्यामा परेका विभिन्न व्यक्तिहरुलाई बेलाबेलामा सहयोग गर्दै आउनु भएका डा. पुनले विपद्को बेलामा पीडितको घाउमा मल्हम लगाउन यस्तो सहयोग गरेको बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार