राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र रूकुम पश्चिम र जाजरकोट आँउनुहुँदै

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र रूकुम पश्चिम र जाजरकोट आँउनुहुँदै

तस्वीर : फाइल

मुसिकोट । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पबाट क्षति भएको क्षेत्र रुकुम पश्चिम र जाजरकोट आँउनुहुने भएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल बिहान सवा १० बजे काठमाडौबाट भूकम्प प्रभावित क्षेत्र आउन लाग्नुभएको हो ।

उहाँ युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न रुकुम पश्चिम र जाजरकोट आउन लाग्नु भएको हो । विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उहाँले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको थियो ।

जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार