मुसिकोट । भुकम्पको कारण मृत्यु भएका रुकुम पश्चिमका सबै परिवारलाई स्थानीय सरकारले किरिया खर्च प्रदान गरेका छन् ।
आठविसकोट नगरपालिका क्षेत्रमा ४२ जना मृतक र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको थियो । आठविसकोटका दुई जना र सानीभेरीका दुई जनाको जाजरकोटमा मृत्यु भएको थियो भने आठविसकोटमा जिल्ला बाहिरका चार जनाको मृत्यु भएको थियो ।
आठविसकोट र सानीभेरी क्षेत्रमा किरिया कर्म गरिरहेका सबै मृतकका परिवारलाई सम्बन्धित स्थानीय तहले २५ हजार रुपियाँको दरले किरिया खर्च दिएका हुन् ।
आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकिय अधिकृत मनिराज शाहका अनुसार किरिया खर्चसँगै राहत समेत उपलब्ध गराईएको छ । नगर प्रमुख रबि केसी र उप प्रमुख धनकुमारी शाहीको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
सानीभेरी गाउँपालिकाका बाल अधिकार अधिकृत मानविर ओलीका भूकम्पको कारण मृत्यु भएका १२ जना मृतकका घरमा पुगेर २५ हजार रुपियाँको दरले किरिया खर्च र राहत सामाग्री बुझाईसकिएको छ । अन्य पीडितहरुलाई पनि तिब्र रुपमा राहत वितरण गरिरहेको उहाँले ओलीले जानकारी दिनुभयो ।