वास्तविक पीडितहरु ठगिने अवस्था आउनु हुँदैन : राष्ट्रपति पौडेल

वास्तविक पीडितहरु ठगिने अवस्था आउनु हुँदैन : राष्ट्रपति पौडेल

मुसिकोट। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितको राहत वितरणका लागि उनीहरुको सही तथ्याङ्क लिन र वास्तविक पीडित ठगिने अवस्था नआओस भनेर सचेत हुन आग्रह गर्नुभएको छ ।

भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न मंगलबार रुकुम पश्चिम पुग्नुभएका राष्ट्रपति पौडेलले रुकुम जिल्लाको क्षतिको जानकारी लिँदै जनप्रतिनिधि तथा स्थानीय प्रशासनलाई उक्त विषयमा सचेत रहन आग्रह गर्नुभयो ।

प्राकृतिक विपदमा कहाँ कहाँ के भएको छ भनेर बुझ्न आएको बताउनुहुँदै उहाँले विपत्तिको सामना सबै मिलेर गर्नुपर्ने उहाँको भनाई छ । पीडितहरुलाई चिन्ता नगर्न अनुरोध गर्नुहुँदै राष्ट्रपति पौडेलले सरकार, राज्य र सिंगो देश नै पीडितहरुको साथमा रहेको बताउनुभयो ।

उहाँले पीडित तथा प्रभावितहरुको सही तथ्याङ्क राख्न र वास्तविक पीडितले नै राहत पाउनमा सबैको सहयोग गर्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक सरकार जनताप्रति उत्तरदायी भएकाले पूर्ण रुपमा विपद सामनामा साथ दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

रुकुमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्लाका १६ हजार घरमा क्षति पुगेको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै पराकम्पनहरु आइरहेकाले यो बढ्न सक्ने बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार