जाजरकोट । भुकम्पका परेर मृत्यु भएका मेरोमाइक्रोफाइनान्स लघुबित्त सस्था लिमिटेडका एक परिवारलाई किरिया खर्च प्रदान गरिएको छ ।
जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्वर १ कल्पत निवासी दुर्गा परियारलाई मेरोमाइक्रोफाइनान्सको कालिमाटि शाखाले किरियाखर्च स्वरुप २५ हजार रुपियाँ हस्तान्तरण गरेको हो ।
कल्पत गाउँस्थित मेरो कल्पत महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनु भएकी सदस्य दुर्गा परियारको दुई जना छोराकाे भुकुम्पमा परि मृत्यु भएको थियो । सोमबार मेरोमाइक्रोफाइनान्स सुर्खेतका अनुगमन अधिकृत जयन्त भन्डारी सहितको टोलीले रकम हस्तान्तरण गरेको शाखा प्रबन्धक प्रेम बहादुर बि.क.ले जानकारी दिनुभयो।
मृतकका आमा दुर्गाले २०७८ सालेदखि मेरोमाइक्रोफाइनान्स कालिमाटि शाखामा आवद्ध भएर कारोबार गर्दै आउनु भएको छ।
मेरोमाइक्रोफाइनान्सले ६४ जिल्लामा १५० शाखा कार्यालयबाट १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई बित्तीय सेवा दिदै आएको छ ।