यति विल्डर्सले भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने

यति विल्डर्सले भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने

मुसिकोट । यति विल्डर्सले भूकम्प प्रभावित क्षेत्रमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने भएको छ । भूकम्प पछि प्रभावित क्षेत्रमा रहेर उद्धार तथा राहतमा सहयोग गरिरहेको कम्पनीले तिहार लगत्तै पहिलो चरणको निर्माण कार्यस्थल र योजना सार्वजनिक गरी निर्माण कार्य सुरुवात गर्ने जनाएको छ ।

यती विल्डर्सका अध्यक्ष भिमराज केसीका अनुसार भूकम्प गए पश्चात् जाजरकोटको भेरी नगरपालिका १ रिम्ना, आठबीसकोट नगरपालिका १४ पिपल चौर, जाजरकोट ८ मन्मै, बाँफिकोट गाउँपालिका ६ मग्मा लगायत प्रभावित क्षेत्रमा उद्धारका लागि कम्पनीबाट तत्काल ६५ जनालाई प्रभावित क्षेत्रमा परिचालन गरिएको थियो ।

त्यस्तै उद्धारका लागि निर्माण कम्पनीबाट ४ वटा एक्स्काभेटर बाटो सफा गर्न, एउटा एक्स्काभेटर पुरिएका घरबाट मान्छेको उद्धार गर्न, २ वटा ब्याकोलोडर भूकम्पले क्षति पुर्‍याएको बाटो सफा गर्न, एउटा ब्याकोलोडर पुरिएकाका सामग्री निकाल्न, ९ वटा टिप्पर, ४ वटा सानो गाडी र २ वटा ट्याक्टर उद्धारकर्मी तथा घाइते ओसार्न प्रयोग गरेको उहाँको भनाई छ । सबै गरेर कम्पनीका २३ वटा सवारी साधन उद्धार कार्यमा प्रयोग भएको कम्पनीले जनाएको छ ।

भूकम्पमा परी कम्पनीमा काम गर्ने एक जना बर्दियाका र एक जना रोल्पा घर भई रुकुम पूर्व बस्नेको मृत्यु भएको थियो । कम्पनीले यी दुई सहित अन्य तीन जनालाई किरिया खर्च वापत २५ हजारका दरले पैसा दिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

कम्पनीले भूकम्प प्रभावितका लागि सहयोग सङ्कलन गर्ने भएको छ । यसका लागि यति बिल्डर्स प्रालि प्राकृतिक प्रकोप राहत कोष सञ्चालन गर्ने र उक्त कोषका लागि ग्लोबल आइ.एम. ई बैङ्कमा यति विल्डर्सले प्रालिकोे खाता नम्बर ०५३०१०१०००००९२ तथा फोन पे मोबाइल नम्बर ९८५१३७३८६ मा सहयोगको याचना गरिएको छ ।

त्यस्तै कम्पनीले कम्पनी सञ्चालकको २ महिनाको तलब, विभागीय प्रमुख र साइट इन्चार्जहरूको १ महिनाको तलब र अन्य सवारी चालक अपरेटर अन्य कर्मचारीको १५ दिनको तलब भत्ता अनिवार्य राहत कोषमा जम्मा गर्ने पनि निर्णय गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार