३२ हजार घरमा क्षति, हामीले तीन हजार बढी अस्थायी आवास बनाईसक्यौं : जनार्दन शर्मा

३२ हजार घरमा क्षति, हामीले तीन हजार बढी अस्थायी आवास बनाईसक्यौं : जनार्दन शर्मा

मुसिकोट । पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले भूकम्पले रुकुम पश्चिमका ३२ हजार बढी घरमा क्षति गरेको बताउनुभएको छ ।

प्रतिनिधि सभा सदस्य समेत रहनुभएका शर्माले हालसम्म माओवादी केन्द्रले तीन हजार १६८ वटा अस्थायी आवास निर्माण गरेको समेत जानकारी दिनुभयो । मंगलबार मुसिकोटमा प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले पत्रकार सम्मेलन आयोजना गरेर शर्माले उक्त कुराको जानकारी दिनुभएको हो ।

उहाँले रुकुम पश्चिमका ६ वटा स्थानीय तहमा माओवादी केन्द्रले ३ हजार १६८ वटा र अन्य दल तथा निकायले समेत केहि अस्थायी आवास बनाएको उल्लेख गर्नुभयो । शर्माको नेतृत्वमा माओवादी केन्द्र रुकुम पश्चिमले तीन हजार बढी स्वयम्सेवक परिचालन गरेर अस्थायी आवास निर्माणको अभियान सुरु गरेको थियो ।

शर्माका अनुसार आठबीसकोट नगरपालिकामा एक हजार ३०५, सानीभेरी गाउँपालिकामा ८५४, चौरजहारी नगरपालिकामा ६०७, मुसीकोट नगरपालिकामा २४, त्रिवेणी गाउँपालिकामा ३०७ र बाँफिकोट गाउँपालिकामा ७१ वटा अस्थायी आवास निर्माण गरिएको छ ।

पत्रकार सम्मेलनमा पूर्वमन्त्री शर्माले जिल्लाभर ३२ हजार ८०७ वटा घरमा भूकम्पले क्षति गरेको जानकारी दिनुभयो । आठबीसकोट नगरपालिकामा नौ हजार ६६३, सानीभेरी गाउँपालिकामा पाँच हजार ७४३, चौरजहारी नगरपालिकामा सात हजार पाँच वटा घरमा क्षति भएको उहाँले बताउनुभयो ।

त्यसैगरी मुसीकोट नगरपालिकामा तीन हजार ९९९, त्रिवेणी गाउँपालिका चार हजार ६४४ र बाँफिकोट गाउँपालिकामा एक हजार ७५३ वटा घरमा क्षति भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार