नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्प पीडितलाई राहत वितरण

नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्प पीडितलाई राहत वितरण

नेपाल प्रहरी श्रीमती सङ्घले जाजरकोट भूकम्पबाट पीडितहरूलाई राहत वितरण गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरलगायतका समितिका पदाधिकारीले जाजरकोट र रुकुम पश्चिम दुवै जिल्लामा पुगेर राहत वितरण गर्नुभएको हो ।

जाजरकोटको भेरी नगरपालिका–१, राउत गाउँका भूकम्पपीडितहरू ४२ सुत्केरी, ५० जना विद्यार्थी, ३१ वटा मृतकका र चार जना ज्येष्ठ नागरिकलाई गरी एक सय २७ घरपरिवारलाई झोला, कापी–कलम साथै अन्य घर परिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर,मण्डी, टोपी स्विटरलगायतका सामग्री वितरण गरिएको छ । यस्तै, रूकुम पश्चिम आठबिसकोट नगरपालिका –१४ छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

राहत वितरणको क्रममा नेपाल प्रहरी श्रीमती सङ्घकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले जाजरकोट र रूकुम पश्चिमामा स्थलगत रूपमा पुगेर भूकम्प प्रभावित व्यक्ति, परिवारलाई आफूहरूले गरेको मानविय सहयोगबाट आपसी सद्भाव, एकता र राष्ट्रिय भावनाको विकास हुनेहुँदा यस्तो विपद्को समयमा सबै एकजुट भएर एकअर्कालाई सहयोग गर्नु सबैको साझा दायित्व रहेको बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार