सोती हत्याकाण्ड : यस्तो छ २४ जनालाई जन्मकैद फैसलाको [पूर्णपाठ]

सोती हत्याकाण्ड : यस्तो छ २४ जनालाई जन्मकैद फैसलाको [पूर्णपाठ]

मुसिकोट । साढे तीन वर्ष अघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका –८ सोतीमा जाजरकोटका नवराज विकसहित ६ जना मारिएको मुद्दामा रुकुम जिल्ला अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।

बिहीबार सार्वजनिक फैसलाको पूर्णपाठले नवराज विकसहित ६ युवालाई आक्रमणकारीहरूको ठूलो समूहले कुटपिट गर्दै र लखेट्दै भेरी नदीको भँगालोमा पुर्‍याई कसैले माथिबाट ढुंगा हान्ने र कसैले नदीको भँगालोमै पुगेर आक्रमण गरी नदीमा बगाएर हत्या गरेको ठहर गरेको छ।
फैसलाको पूर्णपाठमा भनिएको छ, ‘प्रतिवादीहरूले हुल बाँधी लखेट्दै हान्दै नवराज विक, गणेश बुढा, सञ्जु विक, लोकेन्द्र सुनार, टीकाराम नेपाली र गोबिन्द शाही समेतलाई भेरी नदीको भँगालोमा समेत पुर्‍याई कुटपिट गरेको मिसिल संलग्न घाइतेहरू महेश कार्की समेतका व्यक्तिहरूले गरेको बकपत्रबाट स्पष्ट खुल्दछ।’
जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले गरेको फैसलामा ज्यान लिने अथवा सामूहिक कुटपिट गर्ने मनशायले समूहमा बसेर एकअर्कालाई हौस्याई अथवा हातै हाली कुटपिट गरेमा सबै प्रतिवादी समान रूपमा सहभागी भएको मानिने र समान सजायको भागीदार हुने भनी सर्वोच्च अदालतबाट प्रतिपादित दुई नजिरलाई आधार मानिएको उल्लेख छ।

फैसलामा भनिएको छ, ‘नेपाल कानून पत्रिका २०५० अंक १, निर्णय नं. ४६८६ र २०७१ अंक ९, निर्णय नं. ९२४९ समेतको मुद्दामा सिद्धान्त प्रतिपादित भएको समेत देखिँदा उल्लिखित प्रतिवादीको सामूहिक सक्रियताका कारण मृतकहरूलाई कर्तव्य गरी मारेको पुष्टि हुन आयो।

हेर्नुहोस् फैसलाको पूर्णपाठ

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार