अचेत अवस्थामा सानोभेरीको किनारमा भेटिएका दुई मध्ये एक बालकको मृत्यु

अचेत अवस्थामा सानोभेरीको किनारमा भेटिएका दुई मध्ये एक बालकको मृत्यु

मुसिकाेट । रुकुम पश्चिमकाे बाँफिकोट गाउँपालिका –४ छिनखेतस्थित सानीभेरी नदिको किनारमा भेटिएका दुई जना (एक बालक, एक किशोर) मध्ये एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मृत्यु हुनेमा जिल्लाकाे बाँफिकोट गाउँपालिका–२ पिपल भन्ने ठाउँमा १३ वर्षीय सुभाष विक रहेका छन् । सोही ठाउँका १८ वर्षीय डिलु विक र सुभाषलाई प्रहरीले बाँफिकोट गाउँपालिका–४ छिनखेत स्थित सानोभरी नदीको किनारमा अचेत अवस्थामा फेला पारेको थियो ।
स्थानीयले जानकारी गराएपश्चात् प्रहरी सहायक निरीक्षक गणेश शर्माको कमान्डमा चार जनाको प्रहरी टोली त्यहाँ पुगेको थियो । उनीहरूलाई उद्धार गरेर बाँफिकोट गाउँपालिकाको एम्बुलेन्सबाट जिल्ला अस्पतालमा पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता धर्मेन्द्र खड्काका अनुसार सुभाषको उपचारका क्रममा मृत्यु भएको छ । चिसोका कारण कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । डिलुलाई उपचार पश्चात् जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । मृतकको पोष्टमार्टम भने हुन बाँकी छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार