बालविवाह गर्दै गरेका केटा र पण्डित मण्डपबाटै पक्राउ

बालविवाह गर्दै गरेका केटा र पण्डित मण्डपबाटै पक्राउ

दाङको तुलसीपुरमा बालविवाह गर्दै गरेका केटा र पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–८, कटकुइया निवासी २९ वर्षीय दुलाहा डाक्टर केसी र ५७ वर्षीय पण्डित ताराप्रसाद देवकोटा छन् ।

केसीले बिहीबार तुलसीपुर–५, रानीजरुवाकी १४ बर्षीया बालिकालाई भगाएर घरमा ल्याई विवाह गर्दै गरेको अबस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मण्डपबाटै दुलाहा र विवाह गराउने पण्डितलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

पक्राउ परेका दुबै जनालाई शुक्रबार जिल्ला अदालत दाङमा पेश गरी ५ दिनको म्याद थप गरेको मल्लले जानकारी दिनुभयो। दुवैलाई थुनामा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार