जहारी क्याम्पसको अध्यक्षमा सुन्दर शर्मा निर्वाचित

जहारी क्याम्पसको अध्यक्षमा सुन्दर शर्मा निर्वाचित

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११ मा रहेको जहारी क्याम्पस खोलागाउँको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सुन्दर शर्मा निर्वाचित हुनुभएको छ ।

क्याम्पसको साधारण सभाले शर्माको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस संचालक समिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा खिमबहादुर ओली, टिकाराम ओली चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा पूर्ण बहादुर रोकाय, मनिषा राना रोकाय, ध्रुव बुढाथोकी, डिल्लीराज शर्मा, शेरबहादुर बोहरा, दिपक बि।एम।, मोगश शाह र महेश बुढाथोकी चयन हुनुभएको क्याम्पस प्रमुख सुदर्शन शाहले जानकारी दिनुभयो ।

अन्य सदस्यहरुमा हिमालय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एक्क बहादुर ओली, प्रधानाध्यापक भिमबहादुर ओली, स्ववियु सभापति भरत राज बिक, त्रिवि प्राध्यापक संघबाट हिराबहादुर ओली, निवर्तमान अध्यक्ष शेरबहादुर केसी रहनु् भएको छ ।

चौरजहारी नगरपालिका वडा नम्वर १३ निवासी अध्यक्ष शर्मा अखिल (क्रान्तिकारी) को केन्द्रिय सचिव हुनुहुन्छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार