बनगाड कुपिण्डेमा मृत भेटिए श्रीमान-श्रीमती

बनगाड कुपिण्डेमा मृत भेटिए श्रीमान-श्रीमती

सल्यानमा एक दम्पत्ती मृत अवस्थामा फेला परेका छन्।

बनगाड कुपिण्डे नगरपालिका–४ देउलीमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्‍ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए।

३२ वर्षीया कमला बुढा घरको माथिल्लो तलामा रहेको खाटमा मृत फेला परेकी हुन्। उनको घाँटीमा चोट रहेको प्रहरीले जनाएको छ।

त्यस्तै उनका ३४ वर्षीय श्रीमान मनोज बुढा घर बाहिर दलानमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

डिएसपी कार्कीका अनुसार श्रीमानले श्रीमतीको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

दम्पत्तीका तीन जना छोराहरू घटना हुँदा घरमै रहेको प्रहरीले जनाएको छ। उनीहरूका ९, ७ र ४ वर्षका छोराहरू छन्।

‘एक जना बच्चाले बुवाले नै बिहान ५ बजेतिर सुतिरहेको समयमा आमाको हत्या गरेको देखेको कुरा गरेका छन्,’ डिएसपी कार्कीले भने, ‘ती बच्चाले खबर गरेपछि गाउँले जुटेको र त्यसपछि प्रहरीलाई सूचना भएको थियो।’

मनोजको मानसिक स्थिति ठिक नभएको र उनले औषधी सेवन गर्ने गरेको स्थानीयले प्रहरीलाई बताएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार