सत्यनारायण श्रेष्ठको “चार भाषा खाम नामकरण ज्ञानपुञ्ज” प्रकाशन

सत्यनारायण श्रेष्ठको “चार भाषा खाम नामकरण ज्ञानपुञ्ज” प्रकाशन

मुसिकोट ।  रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ खलंगा निवासी लेखक सत्यनारायण श्रेष्ठले “चार भाषा खाम नामकरण ज्ञानपुञ्ज” पुस्तक प्रकाशनमा ल्याएका छन् ।

यसअघि “गुनामे श्रेष्ठ (नेवार) वंशावली” प्रकाशन गरिसकेका श्रेष्ठको यो दोस्रो कृति हो ।

एउटै शब्दलाई खाम भाषा, खाम रोमन, नेपाल (नेवार) भाषा र अङ्ग्रेजी भाषामा व्यक्त गरिएको सो पुस्तक ३६८ पृष्ठको छ ।

पुस्तकको दोस्रो भागमा देशभरिका करिब दुई हजार पाँच सयजति दाह, रह, कुवा, खाल, पोखरा, खोला, नदी, गाउँबस्ती, वनपाखा, डाँडा र खगर (हिमाल) को खाम भाषा र खस भाषामा अर्थ दिइएको छ ।

पुस्तकमा मोहनविक्रम सिंह, रामप्रकाश पुरी, गिरीप्रसाद बुढा, उपप्राध्यापक मुकुन्दप्रसाद शर्मा र मनलाल श्रेष्ठले मन्तव्य लेख्नुभएको छ । उक्त पुस्तकको मूल्य एक हजार राखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार