कांग्रेस रुकुम पश्चिमको जिल्ला सम्मेलन आज हुँदै

नेताहरूले सम्बोधन गर्ने

कांग्रेस रुकुम पश्चिमको जिल्ला सम्मेलन आज हुँदै

नेताहरूले सम्बोधन गर्ने

मुसिकोट । नेपाली कांग्रेस रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन आज हुँदै छ ।

कांग्रेस रुकुम पश्चिमको नव निर्मित (बि पि स्मृति) भवन उद्घाटन पछि जिल्ला सम्मेलन बालमन्दिरमा बिहान ११ बजे सुरु हुनेछ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले भवन तथा सम्मेलनको उद्घाटन गर्ने काँग्रेस रुकुम पश्चिमका प्रवक्ता लाल बहादुर ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । सोहि कार्यक्रमको लागि मंगलबार बेलुका उपसभापति खड्का लगायतका नेताहरु जिल्ला सदरमुकाम मुसिकोट आईपुग्नु भएको छ । उद्घाटन सत्रपछि आजै बन्द सत्र समेत हुनेछ ।

यस्तै सम्मेलनले जिल्लामा पार्टी सङ्गठनको अवस्था, सुधार गर्नुपर्ने पक्षहरू र पार्टीको भावी रणनीतिका विषयमा छलफल गर्ने कांग्रेस रुकुम पश्चिमले जनाएको छ ।

त्रिवेणी गाउँपालिकाबाट पालिकाको सम्मेलन सुरु गरेको काँग्रेस रुकुम पश्चिमले पालिका सम्मेलन, दुई वटै प्रदेश सभा क्षेत्रको सम्मेलन सम्पन्न गरेर जिल्ला सम्मेलन गर्न लागेको नेविसंघका केन्द्रीय सदस्य कर्ण बहादुर ओलीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार