रुकुमका बमबहादुरद्वारा सगरमाथाको सफल आरोहण

रुकुमका बमबहादुरद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –१० अर्माडाँडाका बमबहादुर बिकले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।  उहाँले यही जेठ ६ गते आईतबार बिहान ५ः५७ मा सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

बमबहादुर काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा नायव सुब्वा पदमा कार्यरत हुनुहुन्छ । उहाँले केही समय अघि मात्र दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गर्नुभएको थियो ।

‘हामी पनि सक्छौँ’ भन्ने मूल उद्देश्यका साथ आफूले सगरमाथाको आरोहण गरेको उहाँले बताउनुभयो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने चुनौतीपूर्ण, जोखिम, साहसिक सँगै गौरवमय इतिहासका साथ अविस्मरणीय यात्रा गर्ने कठिन पूर्ण प्रयासले सार्थकता पाएकोमा आफै दङ्ग भएको उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

साथै उहाँले आफ्नो सगरमाथा आरोहणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार