जन्मदिनमा बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

जन्मदिनमा बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

मुसिकोट । जन्मदिनको अवसरमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३ निवासी देव बहादुर ओलीले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।

नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमका अध्यक्ष समेत रहनु भएका ओलीले आज मुसिकोट नगरपालिका-३ मा रहेको जनहित आधारभूत विद्यालय माछिमीमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको हो ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा खरिदार पदमा कार्यरत ओलीले जन्मदिन मनाउने फजुल खर्च कटाएर आफूले पढेको र पढाएको विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई विद्यालयमा पुगेर शैक्षिक सामाग्री सहयोग गरेको बताउनुभयो । उहाँले यस विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्नुभएको थियो भने साढे पाँच वर्ष पढाउनुभएको थियो ।

उक्त विद्यालयमा रहेका १०५ जना बिद्यार्थीहरुलाई ओलीले कापी, कलम, इरेजर, मार्कर, डस्टरसँगै खेलकुद सामाग्रीहरु भलिबल, नेट लगायत सहयोग गर्नुभएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार