ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प

ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । लमजुङ जिल्लाको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार