पत्रकार महासंघ रुकुम पश्चिमको स्मारिका विमाेचन

पत्रकार महासंघ रुकुम पश्चिमको स्मारिका विमाेचन

मुसिकाेट । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाकाे स्मारिका-२०८१ बिमाेचन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच मुसिकोट नगरपालिका नगर प्रमुख महेन्द्र केसीले स्मारिका विमाेचन गर्नुभएको हाे ।

स्मारिकामा रुकुमको पत्रकारिता, वर्तमान अवस्था, महासंघका गतिविधिहरु, संचारको अवस्था र सम्भावना लगायतका बिषयहरु समेटिएको महासंघ रुकुम पश्चिम शाखा अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

स्मारिका विमोचन गर्दै नगर प्रमुख महेन्द्र केसीले नगरपालिकाले नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखासंग सहकार्य गरेर विभिन्न कार्यक्रम गरेको बताउनुभयो । महासंघको जिल्ला शाखाले गरेका कामहरुको प्रशंसा गर्नुहुँदै उहाँले सबै कामहरुको अभिलेख राख्ने काम भएको उल्लेख गर्नुभयो ।

यस्तै स्मारिकामा रुकुमकाे पत्रकारिताको विगत र वर्तमानको अवस्था बारेका लेखहरु, शाखाको स्थापना कालदेखि हालसम्मको कार्यसमिति विवरण, जिल्लामा सञ्चालनमा रहेका पत्रपत्रिका, रेडियो, अनलाइन, पेशागत सघ सगठन, क्रियाशिल पत्रकारहरुको विवरणहरु समेटिएको महासघका उपाध्यक्ष गाेपाल प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

स्मारिका विमाेचन कार्यक्रममा महासघका पदाधिकारी, सदस्य एवम् जिल्लाका कृयाशिल पत्रकारहरु उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार