एमाले मुसिकोट ८ को वडा अधिवेशन सम्पन्न

एमाले मुसिकोट ८ को वडा अधिवेशन सम्पन्न

नेकपा (एमाले) मुसिकोट नगरपालिका वडा नम्बर ८ को वडा अधिबेशन सम्पन्न भएको छ ।

गर्पामा भएको अधिवेशनमा मुसिकोट नगरपालिकाका नगर कमिटी सदस्य प्रेम बहादुर घर्तिको अध्यक्षता र नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा मुसिकोट नगर कमिटि इन्चार्ज कर्ण बहादुर वलिको प्रमुख आतिथ्यता रहेको थियो ।

अधिबेशनबाट १३ सदस्यीय नयाँ वडा कमिटी गठन भएको छ । जसको अध्यक्षतामा गोविन्द बहादुर घर्ती, उपाध्यक्ष मन बहादुर गिरि, सचिव दिलिप खड्का र सहसचिवमा लोकबहादुर रावल सर्वसम्मत चयन हुनुभएको हो ।

त्यस्तै सदस्यहरुमा चेतना घर्ती, देव बहादुर रोका, दल बहादुर बुढा, प्रेम सिह बुढा ,तेज बहादुर थापा, जयबहादुर घर्ती ,कमला कामी र रामकली काम रहनुभएको नेकपा एमाले मुसिकोट नगरपालिका ८ का नगर कमिटी सचीव दिलिप खडकाले जानकारी दिनुभयो ।

अधिवेशनमा नेकपा एमाले मुसिकोट नगरपालिकाका सह- इन्चार्ज खिमलाल ओलि ,नगर कमिटीका अध्यक्ष, नेकपा एमाले प्रदेश कमिटी सदस्य रचना मल्ल, गोकर्ण खड्का ,नगर कमिटीका निवर्तमान अध्यक्ष थल बहादुर ओलि लगायतको उपस्तिथि रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार