नक्कली लाइसेन्स जारी गरेको आरोपमा ५ जना पक्राउ

नक्कली लाइसेन्स जारी गरेको आरोपमा ५ जना पक्राउ

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उपसचिव ४५ वर्षीय केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्प्युटर अधिकृत ३७ वर्षीय पदमराज आचार्य, तत्कालीन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत ३३ वर्षीय सुवास पौडेल, यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर ३० वर्षीय राजेश लम्साल र यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर ४७ वर्षीय दिलीपकुमार साह रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद लिई लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।

बोगटीका अनुसार यातायात व्यवस्था विभागको केन्द्रीय सवारीचालक अनुमतिपत्र प्रणाली (इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) प्रणाली लागु हुनुभन्दा अगाडि ड्राइभिङ लाइसेन्स प्रणाली कार्यान्वयनमा रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार