विद्यार्थी बिरामी पर्न थालेपछि आठबिसकोटका विद्यालय बन्द

विद्यार्थी बिरामी पर्न थालेपछि आठबिसकोटका विद्यालय बन्द

 

मुसिकोट । विद्यार्थी बिरामी पर्न थालेपछि रुकुम पश्चिमको आठविसकोट नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयहरु बन्द गरिएको छ ।

आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मणिराज शाहका अनुसार केहि दिन यता अत्याधिक गर्मीको कारण बिद्यार्थीहरु एक्कासी बेहोस हुने, छटपटाउने लक्षण देखापरेपछि नगरपालिकाले सबै सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । उहाँका अनुसार असार ५ गते देखि ९ गतेसम्मको लागि पठनपाठन स्थगन गर्ने निर्णय भएको हो ।

मिन पचास बिदाबाट बिदा कट्टि हुनेगरी नियमित पठनपाठन स्थगित गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहले जानकारी दिनुभयो ।

नगरपालिकाका  शिक्षा शाखा अधिकृत इन्द्र बहादुर बिष्टका अनुसार केहि दिन यता वडा नम्वर १० मा रहेको जनता माध्यमिक विद्यालय झिन्चौरका ८–१० जना बिद्यार्थीहरुमा विद्यालयमै एक्कासी बेहोस हुने, छट्पटाउने समस्या देखिएको थियो । त्यसैगरी वडा नम्वर ११ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका बिद्यार्थीहरु समेत बिरामी हुन थालेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार