चिरञ्जीवी मल्ल
म त थोत्रो भएछु
मेरा गतिशील दिन
उर्जावान ताकत
मेरो टोल
हेलिकप्टरमा
सरकार आउँदा
थाहा पाएछु ।।
सोचें
यो अभागी समाजले
नायक्त्वको खोजी गर्दैछ
आफुले गर्ने बाहेक
अरुले के गर्छन त्यो
कुराको याद हुन्छ।।
बिरलै
बेमौसमी विरक्त भएर
चियान टोलको हर्के
सोति की रमिता
आइते गाउँको साजन
अमेरिका पलाएन भएछन
अखबार पढें
गाउँ नै रित्तो भएछ ।।
यस्तो लाग्दछ
आजभोलि
देश देशावर मै छ
समाज संस्कृति
अचम्म लाग्दछ
ट्याम्के पहाड
अरुन खोला उस्तै छ
न मुक्ती भेटाएँ
न समृद्धि
केही सोचें मनमा
अब भिरालो माटो
उर्वरा गराउने छु
परनिर्भर होइन
आत्म निर्भर
निर्भिकता भएर उभिने छु।।
मैले मेरो आमा
र हुर्कदै गरेका गाउँका
केटाकेटीलाई
कलमले चेतना दिई
ज्योति छर्नेछु
जसको सुरुवात
आफैबाट गर्ने छु ।।