डिग्रे शाईकुमारीको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

डिग्रे शाईकुमारीको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

मुसिकोट ।  डिग्रे शाईकुमारी वचत तथा ऋण सहकारी संस्थाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका र चौरजहारी नगरपालिकामा कार्यक्रम भएको हो ।

सहकारीले शेयर सदस्य, वचतकर्ता, लगायतलाई वित्तिय साक्षरता कक्षा सञ्चालन गरिएको थियो । संस्थाको कार्यक्षेत्र भित्रका शेयर सदस्य, वचतकर्ता र अन्य सदस्यहरुको वित्तिय क्षमता अभिवृद्धि गर्ने उद्श्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा वित्तिय साक्षरता शिक्षा कार्यक्रमको नेतृत्व तथा सहजिकरण शिक्षा उप समिति संयोजक गोकर्ण खड्काले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकामा रहेको कार्यक्रममा ४५ जना र चौरजहारीमा भएको कार्यक्रममा ३१ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष वेदराज शर्मा, उपाध्यक्ष मनिषा रोकाय, सचिव ज्ञाणु शर्मा पोखरेल, संस्थाका प्रवन्धक यज्ञ विष्ट लगायतको सहभागिता रहेको थियो ।

मुसिकोट नगरपालिका– १ खलंगामा प्रधान कार्यालय रहेको संस्थाको शाखा आठविसकोट नगरपालिकाको राडी, चौरजहारी नगरपालिका , सिस्ने गाउँपालिकाको रुकुमकोट र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको झुल्नेटामा रहेका छन् ।।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार