मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर १० का कृषकलाई टिमुरका विरुवा वितरण गरिएको छ ।
ज्ञानज्योती युवा क्लब त्रिवेणी-१० ले यस क्षेत्रका किसानलाई पाँच हजार पाँच सय टिमुरका विरुवा वितरण गरिएको क्लबका अध्यक्ष मनोज खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार डिभिजन वन कार्यालय रुकुम पश्मिको आर्थिक बर्ष ०८०/८१ को बार्षिक कार्यक्रम अन्तरगत टिमुर खेती विस्तार तथा भन्सार कार्यक्रमबाट विरुवा वितरण गरिएको हो ।
डिभिजन वन कार्यालयका प्राविधिक प्रेम प्रकाश खड्का, क्लवका अध्यक्ष मनोज खड्का लगायतको टिमले किसानको घरमै पुगेर टिमुुरका विरुवा वितरण गरेको हो
क्लबले यस क्षेत्रमाा अघि पनि सामाजिक क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ ।
 
 


 
					
							 
			 
                             
                             
                             
                             
                            