चौरजहारीमा सुरु भयो स्मार्ट लाइसेन्स वितरण

चौरजहारीमा सुरु भयो स्मार्ट लाइसेन्स वितरण

सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरण गर्दै कार्यालय प्रमुख आनन्द चपाई ।

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित यातायात व्यवस्था सेवा कार्यालयले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) बितरण सुरु गरेको छ ।

बिहीबार यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले यातायात व्यवस्था विभागबाट आएका स्मार्ट लाइसेन्स सेवाग्राहीहरुलाई वितरण गर्नुभएको हो ।

उहाँका अनुसार आज २५ जना सेवाग्राहीलाई स्मार्ट लाइसेन्स वितरण गरेको हो । यातायात ब्यवस्था कार्यालय चौरजहारीबाट जारी भएका लाइसेन्सको नवीकरण प्रतिलिपी स्मार्ट लाइसेन्स सेवाग्राहीलाई वितरण गरिएको कार्यालयका प्रमुख चपाईले जानकारी दिनुभयो । कार्यालयका अनुसार जिल्लामा विभाग विभागबाट १ हजार ५ सय ११ वटा स्मार्ट लाइसेन्स आइपुेका छन् ।

 

कार्यालयले २०८० साउन २२ गतेदेखि सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सेवा विस्तार गरेको हो । सवारी ट्रायल परीक्षा उत्तीर्ण गरेपनि सेवाग्राहीहरुले स्मार्ट लाइसेन्स कार्डको लागि लामो समय कुर्नुपर्ने झन्झट अब अन्त्य भएको कार्यालयले जनाएको छ ।

हालसम्म यातायात व्यवस्था सेवा कार्यालय चौरजहरीबाट  १ हजार नौ सय ८० लाइसेन्स जारी भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार