२०७ जना जेष्ठ नागरिकलाई सम्मान

२०७ जना जेष्ठ नागरिकलाई सम्मान

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ का जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।

शुक्रबार कार्यालयमा एक कार्यक्रम आयोजना गरेर वडा नम्वर १ को कार्यालयले २०७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । वडा अध्यक्ष ज्ञानु चन्द्र चन्दका अनुसार ६८ वर्ष उमेर माथिका जेष्ठ नागरिकहरुलाई सम्मानसँगै छाता समेत प्रदान गरिएको छ ।

मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा नगर प्रमुख केसीले जेष्ठ नागरिकको हरेक स्थानमा सम्मान गर्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले जेष्ठ नानगरिकहरुको विगतको समाज प्रतिको योगदानको कदर गर्दै उहाँहरुको अनूभवबाट थप सामाजिक योगदानका लागि ज्ञान सीप ग्रहण गर्न सकिने बताउनुभयो ।

वडा कार्यालयको लक्षित वर्ग अन्तर्गतको कार्यक्रमबाट जेष्ठ नागरिकहरुलाई कार्यालयमै बोलाएर सम्मान गर्दै छाता उपहार प्रदान गरेको हो ।

जेष्ठ नागरिकहरुको सामाजिक योगदानको कदर गर्दै सम्मान गरिएको हो भने बर्षायामलाई मध्यनजगर गर्दै सहजताको लागि छाता उपलब्ध गराईएको हो । छाता जेष्ठ नागरिकहरुको लागि उपहार समेत भएको वडा अध्यक्ष चन्दले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार