चिरञ्जीवी मल्ल
के बुझ्दो हो आशा
के जाग्दो हो विश्वास
यो शरद को बेला
दशै जना मेरो साथी
इजरायलमा सनाखत हुँदा
हिजो तमोर तरेर भन्न्ने साथी
मुक्तिको पहाड फोड्छु
भन्न्ने साथी आज
गाउमा नबस्दा,
के अब नदी नबग्ने हुन
हिमालहरु काला हुने हुन
दोक्लाङ्ग,लिपु, कालापानी
र महेशपुर वस्ती
नखोजिने हुन् ?
शिक्षितहरु गाउँ छोडी
अरब र निग्रोवासी भएको
देशमा गुमनाम हुँदा,
भोलि उठी
मेरो भाइ कहाँ जान्छ
ताते ताते गर्दै
बामे सर्ने मेरो छोरीले
के सपना देख्छ
मुलुकका लागि,
जब कि सदैब
कस्तुरीले
बिना खोजी राख्दा
रोग,भोक,शोक छ यहाँ
कर्णालीको पीडा
सदैब “शुन्य को मूल्य”नै
बिकृत अनि पुजीको
साम्राज्य छ ,
क्रान्ति र परिवर्तन
अनि भुपीको चोक छ
नीति बेचैनी कति
फुर्सदमा हो
नेतृत्व जब कि
एक लासे सुत्ने बाघ
नगर्जिने बादल जसरी
नभुक्ने कुकुर भए
किर्तिम फूल
पानी बिनाको तलाउ
सरि
आज भोलि त
मलाई रित्तो रित्तो महसुस
हुन्छ
चारैतिर हेर्दछु
निराशाले आगो बाल्दछ
तर सन्झ्याल बनाइ
पन्ध्रौं चुली हेर्दछु
बुद्धको देश भन्छु
लखन थापा,
विशे नगर्ची,चामु थापा
छाया देबिलाई पढ्छु
अनि जुरुक्क उठ्छु
निभ्न खोजिरहेको
मैन बत्तीको
टुडालबाट
आशाहरु देख्छु।