जेठ १७ काठमाडौ
जारी लकडाउनलाई सरकारले जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हाेे ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हाे ।
नेपालमा हालसम्म १ हजार ४ सय १ जना कोरोना संक्रमित भेटिएका छन् भने ७ जनाको यसकै संक्रमणका कारण मृत्यु भइसकेको छ। २ सय १९ जना संक्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन्।
यस्तै असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ ।