पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकारिता पुरस्कारबाट सम्मानित

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जिल्लाका चार जना क्रियाशिल पत्रकारलाई पुरस्कृत तथा सम्मानित गरेको छ ।

सानीभेरी गाउँपालिकाको १५ औ गाउँ सभाको अवसरमा बिहिबार मूलपाटी डटकम तथा गोरखापत्र दैनिकमा कार्यरत पत्रकार राजु लामिछानेसहित चार जना पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

पत्रकार लामिछानेसँगै नेपाल टेलिभिजनका रुकुम पश्चिम संवाददाता अमरराज पुन, रेडियो सानीभेरी एफएमका देवकुमार ओली र मौराखारा एफएममा कार्यरत खिमबहादुर ओली सम्मानित हुनुभएको हो ।

पत्रकारिता क्षेत्रबाट जनतालाई खबर र सूचनामा जोड्दै सूचनाको हकलाई स्थापित गर्न अहोरात्र समर्पित भएको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो । समाचारका माध्यामबाट पुर्याएको योगदानको कदर गरेर गाउँसभाको गौरवमय अवसरमा सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँहरुलाई गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट, उपाध्यक्ष कमला रोका पुन, पूर्व उपाध्यक्ष ईन्दिरा ओली लगायतले दोसल्ला, टिका, नगद र सम्मानपत्र सहित सम्मान गर्नुभएको हो । पत्रकारहरुसँगै गाउँपालिकाले पूर्व अध्यक्ष नरबहादुर पुन, उपाध्यक्ष इन्दिरा ओली लगायत गाउँपालिकाको विभिन्न शाखाका कार्यरत कर्मचारीहरु, शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई समेत सम्मान गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार