त्रिशूली नदीमा दुई वटा बस खस्याे, खोजी तथा उद्धारकार्य जारी

त्रिशूली नदीमा दुई वटा बस खस्याे, खोजी तथा उद्धारकार्य जारी

काठमाडौँ । चितवन-नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन्। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन्।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका थिए। उनले भने,’हामी घटनास्थलमा छौं। पानी परिरहेकाले छ। उद्धारको काम थालिएको छ। पहिरो पन्छाउन सुरु गरिएको छ।’

उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार