त्रिवेणी गाउँपालिकाद्धारा अदालतलाई प्रिन्टर हस्तान्तरण

त्रिवेणी गाउँपालिकाद्धारा अदालतलाई प्रिन्टर हस्तान्तरण

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले रुकुम जिल्ला अदालतलाई १ थान प्रिन्टर सहयोग गरेको छ।

शुक्रबार त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसीले जिल्ला न्यायाधीश रामप्रसाद बस्याललाई प्रिन्टर हस्तान्तरण गर्नुभएको हो ।

रुकुम जिल्ला अदालतमा एक कार्यक्रमका बिच प्रिन्टर हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्तीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसी, जिल्ला न्यायाधीश रामप्रसाद बस्याल, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, श्रेस्तेदार मन्दिरा शाही, जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिंजाली, त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्ती लगायतको उपस्थिति रहेको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार