भरुवा बन्दुक बरामद

भरुवा बन्दुक बरामद

बरामद गरिएका भरुवा बन्दुक।

मुसिकोट । रुकुम पश्चिममा तीन नाल भरुवा बन्दुक बरामद गरिएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बाँफिकोट गाउँपालिका वडा नम्वर १ तासुकाँडाबाट बेवारिसे अवस्थामा रहेका तीन थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार गादापार्ने सामुदायिक वन भित्र रहेको ओढारमा लुकाई राखेको अवस्थामा बन्दुक बरामद गरिएको हो ।

ओढारमा हतियार लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी पिपलबाट खटिएको प्रहरी टोलीले हतियार बरामद गरेको हो ।

बेवारिसे अवस्थामा फेला पारेका भरुवा बन्दुक रित पूर्वक बरामद गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याईएको हो। हतियार कसले र किन ओढारमा लुकाएको हो भन्ने बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार