बाढीमा परेर मृत्यु र बेपत्ता परिवारलाई आठविसकोट नगरपालिकाको सहयोग

बाढीमा परेर मृत्यु र बेपत्ता परिवारलाई आठविसकोट नगरपालिकाको सहयोग

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-१२ झिन्चौरमा बाढीमा परी ज्यान गुमाएका ३ जना र बेपत्ता १ जनाका परिवारलाई नगरपालिकाले नगद राहत सहयोग गरेको छ ।

गत मंगलबार बिहान एउटै घरमा सुतेका आठविसकोट नगरपालिका १२ की १० वर्षिया हितमाया पुन, आठ वर्षिया धनिसा पुन र वडा नम्वर १० की चार बर्षिया मनिसा सार्कीको मृत्यु भएको थियो । सोहि घटनामा परेर वडा नम्वर १२ का ३८ वर्षिय डिल्ली बुढाथोकी अझैसम्म बेपत्ता रहनुभएको छ ।

बिहिबार मृतक र बेपत्ता व्यक्तिका परिवारलाई आठविसकोट नगरपालिका प्रमुख रबि केसी लगायतको टोलीले आश्रयस्थलमै पुगेर २५ हजार रुपियाँको दरले सहायता रकम र राहत वितरण गरेको हो ।

बाढीका कारण आठविसकोट नगरपालिका-१२ सँगै ११ र १३ का गरेर जम्मा ९८ घरपरिवार विस्थापित भएको र १५ सय ५७ घरपरिवार उच्च जोखिममा रहेको नगर प्रमुख केसीले जानकारी दिनुभयो ।

नगर प्रमुख केसीले मृतक र बेपत्ता भएका व्यक्तिको आश्रयस्थलमा पुगेर २५ हजार रुपियाँको दरले सहायता खर्च र राहत सामाग्री वितरण उपलब्ध गराईएको जानकारी दिनुभयो । उहाँले विभिन्न निकायको सहयोगमा राहत उपलब्ध गराईएको जनाउनुभयो । पीडित परिवारहरुलाई थप सहयोगका लागि समेत उहाँले विभिन्न निकायलाई अनुरोध गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार