१८ जेठ १८ काठमाडौ
रुकुम पश्चिमको चौजजहारी नगरपालिका ८ सोतीमा जातीय भेदभावका कारण भएको हत्याको विरुद्ध संघर्ष गर्न झापामा संघर्ष समिति गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी झापाका सचिवालय सदस्य एवम् युवा नेता हुकुमसिंह नेपालीको संयोजकत्वमा ३५ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।
समितिमा भोला परियार, सुरेश बराइली, दल बहादुर विश्वकर्मा, गोपाल गजमेर, छविलाल विश्वकर्मा, वीर बहादुर दर्नाल, रञ्जित परियार, हर्कमाया विक, निरु परियार, निता घतानी, हरि नेपाली, सागर पोर्तेल, लक्ष्मी मोते, तिलक गजमेर, अशोक राम लगायत रहेका छन् ।
समितिका संयोजक हुकुमसिंह नेपालीले जातीय भेदभावको घटना साझा मुद्दा भएकाले आन्दोलनमा सबैको सहभागिता गराउने बताए ।


 
					
							 
			 
                             
                             
                             
                             
                            