उपसभामुखविरुद्ध उजुरी, तत्काल जिम्मेवारीबाट हटाउन माग

उपसभामुखविरुद्ध उजुरी, तत्काल जिम्मेवारीबाट हटाउन माग

गैरसांसद व्यक्तिलाई अमेरिकाको भिसा दिलाउन पदीय हैसियतको दुरुपयोग गरेको तथ्य खुलेपछि आलोचनामा परेकी उपसभामुख इन्दिरा रानाविरुद्ध संसदीय समितिमा उजुरी परेको छ ।

भक्तपुरका अर्जुन बाँस्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् । उजुरीमा संवैधानिक पदमा रहेको व्यक्तिले पदीय जिम्मेवारी प्रतिकूल काम गरेको भन्दै उनीमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउन माग गरिएको छ । समिति सभापति रामहरी खातिवडाले साउन १ गते नै उजुरी परेको र भोलिपल्ट आफूले तोक लगाएको जानकारी दिए ।

उपसभामुख रानाले गत वर्ष फेब्रुअरी २६ मा काठमाडौँस्थित अमेरिकी दूतावासको कन्सुलरलाई सम्बोधन गरी आफूसहित छ जनालाई भीसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन आग्रह गर्दै पत्र लेखेको समाचार पहिलो पटक बुधबार जनआस्था डट कममा सार्वजनिक भएको थियो । झण्डै डेढ वर्षसम्म गुपचुप राखिएको यो प्रकरण बाहिर आएपछि उनी विवादमा परेकी छन् । जन आस्थाबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार