त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

तस्बिर स्रोत: केशवप्रसाद पौडेलको ट्वीटरबाट

काठमाडौं ।  त्रिभुवन विमानस्थल नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार