पहिरोले मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध

पहिरोले मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध

रुकुमकाेट । मध्यपहाडी राजमार्ग अन्तर्गत  रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएसँगै  रुकुम पूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा  रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौं जाने सवारी साधन रोकिएका  रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ । बाटो खुलाउने प्रयास जारी रहेको उहाँले जानकारी दिनुभयाे।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार