निजामती सेवाको एक दशक भन्दा लामो समयमा नेपाल सरकारका विभिन्न निकायहरुमा विभिन्न पद तथा जिम्मेवारीमा रहि हालै राजधानीमा रहेको नेपालकै जेष्ठ स्वास्थ्य संस्था वीर अस्पतालमा आर्थिक प्रशासन शाखामा सेवा गर्ने सुअवसर मिलेको छ ।
वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ब्यस्त अस्पताल मध्येको एक हो। यो अस्पताल वि.सं. १९४6 (सन् १८८९) मा बीर शम्शेर द्वारा स्थापित गरिएको थियो। त्यसैले यसलाई वीर अस्पताल नामाकरण गरिएको हो। यो काठमाडौ शहरको केन्द्रमा खुलामञ्च अगाडि अवस्थित छ। यो अस्पताल सन् २००३ पश्चात एक सरकारी एजेंसी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मार्फत सञ्चालित छ।
अस्पतालले देशभरका सबै तह र तप्काका व्यक्तिहरूका लागि उच्च गुणस्तरको चिकित्सा तथा शल्य चिकित्सा उपचार प्रदान गर्दछ। ग्रामिण भेगका धेरै जसो बिरामीहरू यस अस्पतालमा निशुल्क चिकित्सा सेवा लिनका लागि टाढा टाढाबाट आउने गरेका छन्। हाल अस्पतालमा ९६० शैयाको क्षमता रहेको छ। देश कै प्रसिद्ध डाक्टरहरूमध्ये केही यसै अस्पतालमा कार्यरत छन्।
कुनै पनि संस्था आफैमा प्रभावकारी गुणस्तरीय र उत्पादकत्वमैत्री कदापी हुदैन तर त्यस संस्थाको पाँच वटा- पी-“P” policy ,plan, procedure , people, , personnel को समन्वय र अर्थपूर्ण प्रयासबाट patient लाई अपेच्छाकृत सेवा दिने हुन्छ
म अनि मेरो वीर अस्पताल, सच्चिकै वीर अस्पताल प्रतिको मेरो सामान्य परिचय लाई उठान गर्नु पर्दा, काठमाडौ उपत्यका प्रवेश गरेको झण्डै 16 बर्षको अन्तरालमा आफै विरामी भयै होला, आफन्त नातागोता सम्वन्धमा मानिसहरु विरामी भएर काठमाडौ आए होला जुन यसको खासै हिसाव राखिएन तर यो मात्रै थाहा छ कि उपचार गर्न वीर अस्पताल त्यति धैरै सम्झनामा आएन।कीर्तिपूरको बसाइ बरु डबल गाडि चढेर टिचिङ लगायतको अन्य अस्पतालमा सिफारिस गरियो आफु पनि त्यतै तिर गइयो।
अधिकृत ( लेखा ) भएर नेपालकै जेठो अस्पतालमा जब पदस्थापन भएर आफ्नो कर्म थलो बनाउदै गर्दा यो थाहा भयो कि। यस अस्पतालमा सप्पूर्ण पदाधिकारीले संस्थाको हित र प्रगतिको लागि दिन रात नभनि अहोरात्र खटिरहेको पाए।inside and out side प्रभावकारी समन्वय गरेको देखे। उता विरामी उपचाररतको लागि विभिन्न विभाग र त्यसमा कार्यरत चिकित्सको अनुभव, बिज्ञता र जागरण एवं जागरुपताको परिस्थिति देख्दा साच्चिकै बीर अस्पतालको नाउँ “बिर” रहेछ।त्यसैले कुनै व्यक्ति संस्था वा पदाधिकारीका बारेमा जे सुनिएको हुन्छ त्यो आफैले भोग्न, देख्न र अनुभुती गर्न पाए यथार्थपरक हुन जान्छ । मैले पनि हाल वीर अस्पतालका बारेमा यस अघि सुनेका र बुझेका कुरा भन्दा यहाँको वास्तविकता फरक रहेछ भन्ने महसुस गरेको छु। वीर अस्पताल पूर्ण सरकारी लगानीमा आधारित रहेको छ। यस अस्पतालमा उच्च पदस्थ राजनीतिकर्मी सरकारी कर्मचारी देखी गरीव दिन दुःखी असहायहरु लगायत विदेशी नागरीक समेत दिनहुँ करीव तीन हजारको संख्यामा उपचार गर्न आउने गर्दछन ।
अर्कोतर्फ वर्तमान वीर अस्पतालको क्षमताले मात्र नपुगेर भक्तपुरको दुवाकोटमा ( ५७० रोपनी जग्गा भित्र ) मेडिकल कलेज सहित १५०० शैयाको अत्याधुनिक अस्पतालबाट सेवा प्रदान गर्न आतुर छ। यस अस्पतालमा करीव २००० जना डाक्टर नर्स तथा स्वास्थ्यकर्मी लगायत अन्य प्रशासनिक कर्मचारीहरु समेतले दिनानुदिन आ-आफ्नो पदीय जिम्मेवारीका साथ सेवा दिईरहेका हुन्छन। तर अस्पताल संचालन गर्न आवश्यक पर्ने निर्धारित कार्यक्रमका तुलनामा न्यून बजेट विनियोजनका कारण संस्था तथा कर्मचारीका विद्यमान गुनासा तथा समस्याहरु यस अघि अन्य कुनै निकायमा अनुभूत गर्नु परेको थिएन।विरामीको उपचारमा अहोरात्र खटिने केही स्वास्थ्यकर्मी तथा कर्मचारी पर्याप्त स्रोत साधनको व्यवस्था गरी अझै यस अस्पताललाई सुन मा सुगन्ध थप्न सकिन्छ।
लेखक ओली वीर अस्पतालको लेखा अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।