तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं । सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार बागमती प्रदेश सरकारको प्रमुखमा दिपकप्रकाश देवकोटा, लुम्बिनी प्रदेश सरकारको प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश सरकारको प्रमुखमा यज्ञराज जोशी नियुक्त भएका हुन् ।

यसअघि बागमती प्रदेश सरकारको प्रमुखमा यादव शर्मा, लुम्बिनी प्रदेश सरकारको प्रमुखमा अमिक शेरचन र कर्णाली प्रदेश सरकारको प्रमुखमा तिलक परियार रहेका थिए ।

शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट भएकाले उनीहरुलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार