जाजरकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, १४ जना घाइते

जाजरकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, १४ जना घाइते

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

भेरी नगरपालिका-६ गंज भन्ने स्थानमा सदरमुकाम खलंगा देवि वडा नम्बर ६ नेटा जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

ग १ ज ७७११ नम्बरको जिप सडकदेखि ३००/४०० मिटर खस्दा भेरी-६ गंगटिया बस्ने ३४। वर्षीय मानबहादुर वलीको मृत्यु भएको हो।

दुर्घटनामा परी १४ जना यात्रु घाइते छन्।

घाईतेहरुको अहिले जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार