रुकुम पश्चिममा एक महिलाको शव फेला

रुकुम पश्चिममा एक महिलाको शव फेला

सांकेतिक तस्बिर

मुसिकाेट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ मा एक महिलाको घरभित्रै शव फेला परेको छ ।

सानीभेरी गाउँपालिका वडा नम्बर ४ लामाचौरमा ४५ वर्षिया शुसिला मल्लको आफ्नै घरमा शव फेला परेको वडा अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मल्लको गहना लुटेर हत्या गरिएको आशंका गरिएको छ । शव आज विहान फेला परेको हो ।

मृतक शुसिलाको घरमा उहाँको बुहारी मात्रै छन । तीन छोरा रोजगारीको शिलशिलामा बाहिर रहेको समेत वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय आठविसकाेट, प्रहरी चौकि चाईनाबगर र सिम्लिबाट प्रहरी टाेलि पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटना रहस्यमय रहेको र अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी नवराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले ‘घटनास्थललाई प्रहरीले सिल गरेर अनुसन्धान सुरु गरेको छ । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहितको टोली आइरहेको छ। त्यसपछि मात्र घटनाको अनुसन्धान तीव्र गतिले अघि बढ्छ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार