एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो ।
नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेको बताए । एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार हेलिकप्टर हराइरहेको जानकारी प्राप्त भएको बताए । उनका अनुसार ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी तालिका थियो ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार १ बजेर १४ मिनेटमा उडेको थियो । पण्डितका अनुसार उक्त हेलिकप्टर चिनियाँ पर्यटक लिएर स्याफ्रुबेंसी उडेको थियो ।

थप विवरण आउन बाँकी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार