हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला पर्‍यो

हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला पर्‍यो

काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टीको  हेलिकप्टर नुवाकोटको शिवपुरी ७ सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार घटनास्थलबाट एक महिला र चार पुरुषको शव फेला परेको छ।
दिउँसो १ः५४ मिनेटमा काठमाडौं बाट उडेको तीन मिनेटमै उक्त हेलिकप्टरले सम्पर्क गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए।

उक्त हेलिकप्टरमा एक पाइलट र चार यात्रुहरू रहेको विवरण छ,” भुलले भने। मृत्यु भएकाहरूको पहिचान खुलिसकेको छैन।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार