सुर्खेतमा स्कुल बस दुर्घटना हुँदा ११ विद्यार्थी जना घाइते

सुर्खेतमा स्कुल बस दुर्घटना हुँदा ११ विद्यार्थी जना घाइते

सुर्खेतमा स्कुल बस दुर्घटना हुँदा ११ जना विद्यार्थी घाइते भएका छन्।

वीरेन्द्रनगरस्थित डिभी निकेतन स्कुलको कर्णाली प्रदेश ०२–००१ क ०७६९ नम्बरको बस विद्यार्थी पुर्‍याउन जाँदै गर्दा वीरेन्द्रनगर ७ र ८ को बीचमा पर्ने इत्राम खोलामा दुर्घटना हुँदा विद्यार्थीसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र बीर विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार बस ४ बजेर ४० मिनेटमा खोलामा तर्ने क्रममा चिप्लिएर बस खसेको हो।

यस्तै, खोलामा गाडी तर्न बनाइएको स्लोपबाट बस चिप्लिएको हो। घाइतेहरुको अहिले देउती अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार