चौरजहारी नगरपालिकाको राजस्व भुक्तानी अब अनलाइनबाट

चौरजहारी नगरपालिकाको राजस्व भुक्तानी अब अनलाइनबाट

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अनलाइन प्रणालीबाट राजश्व संकलन सुरू गर्ने लागेको छ। यो सेवा सुरु भएसँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिनेछ।

नगरपालिकाले सम्पति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई अनलाईनबाटै तिर्न सकिने प्रणालि सुरु गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

बिहीबार काठमाडौँमा राजश्व सङ्कलन प्रणालीलाई अनलाइन मार्फत भुक्तानीका लागि चौरजहारी नगरपालिका र खल्ती डिजिटल भुक्तानी सेवाबीच सम्झौता भएको छ ।

बढ्दो डिजिटल साक्षरतासँगै सेवा प्रवाहमा सूचना प्रविधिको उपयोगलाई स्थापित गर्न अनलाइन मार्फत राजश्व सङ्कलन गर्ने व्यवस्था मिलाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । उहाँका अनुसार अनलाइन प्रणालीबाट राजश्व संकलन प्रक्रियामा गइसकेको र सम्भवत मङ्गलबारबाट सेवा सुरु हुने छ ।

त्यसैगरी नगरपालिकाले समयमै राजश्व बुझाउन नसक्दा करदाता जरिवानामा पर्ने अवस्थासमेत अन्त्य हुने विश्वास गरिएको छ । व्यवसाय दर्ता, नवीकरण, समूह दर्ता, फर्म सूचीकृत लगायतका सेवाका लागि पहिलो चरणमा सेवाप्रवाह सुरु गरिनेछ । नगरपालिकाले बाँकी सेवालाई पनि विस्तार गर्दै लैजाने जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार