मध्यपहाडी राजमार्गको रुकुम पश्चिमखण्ड अवरुद्ध

मध्यपहाडी राजमार्गको रुकुम पश्चिमखण्ड अवरुद्ध

मुसिकोट । पहिरोले मध्यपहाडी राजमार्गको रुकुम पश्चिम खण्ड आइतबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको विभिन्न स्थानमा पहिरो गएकोले सडक अबरुद्ध भएको हो ।

राजमार्गको रुकुम पश्चिम खण्डको करिब एक दर्जन स्थानमा पहिरो गएको छ । चौरजहारीदेखि रुकुम पूर्वको सिमानासम्म विभिन्न स्थानमा पहिरो झर्ने क्रम समेत रोकिएको छैन । पहिरो रोकिएका केही स्थानमा पालिकाको डोजर लगाएर पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलले जानकारी दिनुभयो ।

भारी वर्षाको कारण चौरजहारी नगरपालिका–८ को कालेखोला, सानीभेरी गाउँपालिका–१ को पक्रैया, चाईनाबगर, वडा नम्बर ७ को सहरे लगायतका स्थानमा पहिरो खसेको छ। पहिरोको कारण दर्जनौँ यातायातका साधन र यात्रुहरू बाटोमै अलपत्र अवस्थामा छन् । पहिरोकै कारण पक्रैया र चाईनाबगर बिरामी बोकेर गएका एम्बुलेन्स समेत रोकिएका छन्।

अहिले सानीभेरी गाउँपालिकाको डोजर लगाएर चाइना बगरको पहिरो पन्छाउने काम भइरहेको छ । चाईनाबगरदेखि गिठाकोटसम्मका विभिन्न स्थानमा गएको पहिरो हटाएको तर माथिबाट पहिरो आईरहेको छ ।

पहिरोको कारण बिहानैदेखि रुकुम पश्चिमबाट मध्यपछाडि हुँदै चौरजहारी, जाजरकोट, सुर्खेत, नेपालगन्ज जाने यातायातका साधनहरू रोकिएका छन् । चौरजहारी तर्फबाट जिल्ला सदरमुकाम आउने कुनै पनि यात्रुवाहक बसहरू आज चलेका छैनन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार