रुकुम पश्चिमकाे त्रिवेणीमा एक पुरुषको हत्या आरोपमा तीन जना पक्राउ

रुकुम पश्चिमकाे त्रिवेणीमा एक पुरुषको हत्या आरोपमा तीन जना पक्राउ

मुसिकाेट । रुकुम पश्चिममा एक जना पुरुषको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाकाे त्रिवेणी गाउँपालिका वडा नम्बर ४ दम्दुका ४३ बर्षीय डिलबहादुर बुढाको हत्या आरोपमा सोहि गाउँका एकै घरका तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार हत्या आरोपमा प्रहरीले ६१ वर्षीय मोहवीर खत्री, उनका कान्छा छोरा २६ वर्षीय सन्तोष केसी र सन्तोषकी श्रीमती २४ बर्सिया मिनाकुमारी बुढाथोकी लाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक शाहीका अनुसार आईतबार बेलुका बुढाको हत्या भएको हो । बुवा मोहवीर खत्रीको साथमा आफ्नै घरमा आएका बुढालाई केसी दम्पतीले हत्या गरेको खुल्न आएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुवाको साथमा आएका बुढाले मादक पदार्थ सेवन गरेका थिए । सन्तोष घरभन्दा केहि पर गएको बेला उहाँको श्रीमती मिनालाई मृतक बुढाले अश्लिल शब्द प्रयोग गर्दै हातपात गरेका थिए ।
सोहि क्रममा मिनाले प्रतिकार गर्ने क्रममा नजिकै रहेको दाउराको चिर्पटले हानेको र सोहि समयमा सन्तोष समेत आएर सोहि चिर्पटले टाउकोमा हानेको खुल्न आएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । त्यसपछि बुढाको टाउकोमा चोट लागेको र रक्ताम्य भएर ढलेको बताईएको छ ।
बुढा मृत अवस्थामा फेला परेको भन्दै प्रहरीलाई सोमबार बिहान जानकारी गराईएको थियो । प्रहरी निरीक्षक शाहीले घटनास्थल पुगेर अनुसन्धा गर्दा हत्या भएको पत्ता लागेको र हत्यामा संलग्न दुबै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याईएको बताउनुभयो ।
घटनास्थल मूचुल्का लगायतका काम समेर मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार